बिएल संवाददाता
झापा–५ का रास्वपा उम्मेदवार बालेन साहलाई जिताउने भन्दै बुधबार रास्वपा प्रवेश गरेका एमालेको युवा संघ दमक नगर कमिटी सचिव कमल गैरे एकरातमै एमाले फर्किएका छन्।
गैरेले केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखेको दाबी गरेका छन्।
पार्टी परित्याग गरेपछि गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्याइ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा फर्किएको उनले घोषणा गरेका छन्।
‘हिजो पनि यहीँ थिए आज पनि यहीँ छु र भोलि पनि यहीँ रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्।
उनी थप्छन्, ‘दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि राष्ट्रनायक केपी ओली नै भएको हुनाले केपी ओलीलाई जिताउनका लागि म यथाववत रुपमा यही पार्टी तथा संगठनमा रहि यो अभियानलाई पुरा गर्ने संकल्प सहित प्रतिबद्ध रहेको सम्पूर्णमा जानकारी गराउन चाहान्छु।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
प्रतिक्रिया