बिएल संवाददाता
झापा–५ बाट उम्मेदवारी दिएका रास्वपा वरिष्ठ नेता बालेन साह ५ दिन पूर्वी नेपालको भ्रमण गरेर काठमाडौं फर्किएका छन्।
काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर जनकपुर हुँदै पूर्वका जिल्ला पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् ।
शनिबार अपराह्न इटहरी पुगेका बालेन त्यहाँबाट विमानमार्फत काठमाडौं फर्किएका हुन्।
गत ४ माघमा काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा केन्द्रीय कार्यालयमा वरिष्ठ नेताको पदबहाली गरेका बालेन सोही दिन जनकपुर पुगेका थिए।
माघ ५ गते जनकपुरमा आयोजित विशाल सभालाई सम्बोधन गरेर सोझै झापा हानिएका उनले ६ गते झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए।
त्यसपछि उनी पूर्वी नेपालका इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न क्षेत्रमा पुगेर रास्वपा उम्मेदवारहरूलाई भोट माग्दै शनिबार बिहान धनकुटा आइपुगेका थिए।
धनकुटाबाट इटहरी पुगेका उनी त्यहाँबाट काठमाडौं फर्किएका हुन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया