शुक्रबार, २३ जनवरी २०२६

कांग्रेसका देवेन्द्र कँडेलको उम्मेदवारी रद्ध

News Image
• • •

नवलपरासी (सुस्ता पश्चिम)को क्षेत्र नम्बर एकबाट उम्मेदवार मनोनयन गरेका कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्ध भएको छ।

निर्वाचन कार्यालयका अनुसार नवलपरासी–१ मा नेपाली कांग्रेसबाट कँडेल र भीमबहादुर थापा गरी दुई जनाले आधिकारिक दाबी गर्दै उम्मेदवारी दिएपछि ढिलो दर्ता गरेका कँडेलको उम्मेदवारी रद्ध भएको हो।

थापाले पहिले उम्मेदवार दर्ता गराएपछि कँडेलले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्र राखेर उम्मेदवारी दर्ता गराएका थिए।

सो विवाद निरुपणका लागि मुख्य निर्वाचन कार्यालयमा भएको छलफल पश्चात पहिले दर्ता गरेका थापालाई आधिकारिकता प्रदान गर्दै कँडेलको उम्मेदवारी रद्ध भएको हो।

सोही क्षेत्रबाट उम्मेदवार बनेकी आम जनता पार्टीकी मायाकुमारी थापाको उम्मेदवारी भने खारेज भएको छ। सहायक निर्वाचन अधिकृत भेषराज खनालका अनुसार थापाको नाम कालोसूचीमा रहेको देखिएकाले उम्मेदवारी खारेज गरिएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!