बिएल संवाददाता
नवलपरासी (सुस्ता पश्चिम)को क्षेत्र नम्बर एकबाट उम्मेदवार मनोनयन गरेका कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्ध भएको छ।
निर्वाचन कार्यालयका अनुसार नवलपरासी–१ मा नेपाली कांग्रेसबाट कँडेल र भीमबहादुर थापा गरी दुई जनाले आधिकारिक दाबी गर्दै उम्मेदवारी दिएपछि ढिलो दर्ता गरेका कँडेलको उम्मेदवारी रद्ध भएको हो।
थापाले पहिले उम्मेदवार दर्ता गराएपछि कँडेलले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्र राखेर उम्मेदवारी दर्ता गराएका थिए।
सो विवाद निरुपणका लागि मुख्य निर्वाचन कार्यालयमा भएको छलफल पश्चात पहिले दर्ता गरेका थापालाई आधिकारिकता प्रदान गर्दै कँडेलको उम्मेदवारी रद्ध भएको हो।
सोही क्षेत्रबाट उम्मेदवार बनेकी आम जनता पार्टीकी मायाकुमारी थापाको उम्मेदवारी भने खारेज भएको छ। सहायक निर्वाचन अधिकृत भेषराज खनालका अनुसार थापाको नाम कालोसूचीमा रहेको देखिएकाले उम्मेदवारी खारेज गरिएको हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया