पूर्वराजाले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकमार्फत पठाउने महानगरको तयारी
पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र बुझाउन गएको काठमाडौं महानगरको टोलीलाई निर्मल निवासका सुरक्षाकर्मीले गेटबाटै फर्काइदिएका छन्। आइतबार बिहान महानगर प्रहरीको गाडीलाई उनीहरूले गेटबाट छिर्नै नदिएर फर्काइदिएका थिए। पूर्वराजालाई प्रत्यक्ष रुपमा पत्र बुझाउन नसकेपछि महानगरले हुलाकमार्फत पत्र पठाउन लागेको बालेनको सचिवालयले जनायो। आजै पत्र पठाउने तयारी रहेको र हुलाकमार्फत पठाउने विषयमा महानगर प्रहरी बल आन्तरिक छलफलमा रहेको बुझिएको छ। शनिबारमात्रै महानगरले ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकहरूमा लगभग ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो।
बिएल संवाददाता - काठमाडौं