बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादव विदेश भ्रमणमा जाने भएका छन्।
चुनावको मुखमा राष्ट्रपति र उपराष्ट्रपति विदेश भ्रमणको तयारीमा लागेका हुन्। सरकारले फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने तयारी गरिरहेको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणका जाने तयारी छ। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा जापान सरकारको निम्तोमा राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन्। जापानमा पनि चुनावको तयारी भइरहेको छ।
राष्ट्रपति पौडेल स्वदेश फर्केकै दिन उपराष्ट्रपति यादव यूएई भ्रमणमा जाने तयारी छ। उनी यूएईमा हुने ‘वर्ल्ड गभर्मेन्ट समिट’ मा सहभागी हुन त्यता जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो।
राष्ट्रपति तथा उपराष्ट्रपति एकैपटक देश बाहिर नरहने परम्परा अनुसार राष्ट्रपति फर्किएपछि उपराष्ट्रपति विदेश उड्नेछन्। उपराष्ट्रपतिको भ्रमण पहिले नै तय भइसकेको हुनाले राष्ट्रपतिको जापान भ्रमण छोटो बनाइएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया