बिएल संवाददाता
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रको अवस्थाबारे जनतालाई सजग गराउनुपर्ने बताएका छन्।
बुटवलमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै केसीले नयाँका नाममा नक्कली कुरा गर्ने र भ्रम छर्नेहरू आएको टिप्पणी गरे।
उनले भने, ‘नयाँ-नयाँ रूपमा, नयाँ-नयाँ कुराहरू गरेर विभिन्न खाले मान्छेहरू अहिले नेपाली जनतालाई भ्रममा पार्न जो आइराखेका छन्। त्यसमा दृढतापूर्वक हामीले जनतालाई सजग गराउनुपर्छ र राष्ट्रको अस्तित्व जोगाउने कुरामा हामी सबै एक ढिक्का हुनुपर्छ।’
विगतमा जान अन्जानमा जे गल्ती, कमजोरी गरेको भए पनि त्यसलाई सच्याएर अब भने नक्कली कुरा गर्नेहरूबाट सचेत हुनुपर्ने बताए।
‘अब पहिले जस्तो गरेर लहलहैमा लागेर जसले उक्साउँछ, जसले चोटिलो कुरा गर्छ, जसले कृत्रिम कुरा गर्छ, जसले नक्कली कुरा त्यसबाट सचेत हुनुपर्छ,’ उनले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया