बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ दल खोज्नेहरूलाई भर्खरै विशेष अधिवेशनबाट बदलिएर कांग्रेस नै नयाँ दल भएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिबार काठमाडौं–४ को निर्वाचन परिचालन समितिको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले मतदातासमक्ष कांग्रेस नै सबैभन्दा नयाँ दल भएको सन्देश दिन निर्देशन दिएका हुन्।
थापाले भने, ‘तपाईंहरू घरघर गएर भन्दैगर्दा यदि कसैले भन्छ-म यसपटक पुरानो पार्टीलाई भोट दिन्न, नयाँ पार्टीलाई भोट दिन्छु। एकछिन अडिएर जवाफ दिनुहोला। पुरानो र नयाँको परिभाषा के हो? पुरानो र नयाँबीचको भेद के हो? तपाईँहरू त्यहाँ अडिएर प्रश्न गर्नुहोला।’
अहिलेको कांग्रेसभन्दा नयाँ पार्टी कोही पनि नभएको उनले दाबी गरे। यदि नयाँ नै खोजेको भए कांग्रेस नै नयाँ भएको सन्देश दिन थापाले आग्रह गरे।
‘फागुन ६ गतेभन्दा अघि अधिवेशन गरेर आफू नेतृत्वमा आएको कांग्रेस नै नेपालको सबैभन्दा नयाँ पार्टी हो। यो कुरा मतदातासमक्ष लगेर भन्नुहोला,’ सभापति थापाले भने, ‘किनकि अनुहार नयाँ भएर हुँदैन। चुनाव जित्न रातारात पार्टी बनाएर आएको व्यक्ति नयाँ हुनसक्दैन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया