धनुषामा बिना दर्ता सञ्चालन भएका ११ विद्यालय बन्द
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका ११ वटा निजी विद्यालयहरू बन्द गराइएको छ। गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित दर्ता बिनाका ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन्। बन्द गराइएका विद्यालयहरूमा न्यू स्काई ईङ्गलिस स्कुल, तराई ईङ्गलिस बोर्डिङ स्कुल, चाईल्ड डेभेलपमेन्ट एण्ड लर्निङ सेन्टर, गंगालाल शिशु पाठशाला, आर्दश विद्या ईङ्गलिस स्कुल, गोल्डेन भ्याली एजुकेशनल एकेडेमी, सेन्ट जेभियर ईङ्लिस बोर्डिङ स्कुल, उज्वल विद्या ईङ्लिस एकेडमी, जिनियस ईङ्लिस बोर्डिङ स्कुल, आराध्या पब्लिक स्कुल, आरोही इन्टरनेशनल एकेडमी छन्।
बिएल संवाददाता - धनुषा