मङ्गलबार, २८ अक्टोबर २०२५

रविलाई अन्तिम इच्छा सोध्ने डीएसपी !

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न उनको निवासमै पुगेका एक प्रहरी अधिकारीको हर्कतको यतिबेला व्यापक विरोध भइरहेको छ। रविलाई पक्राउ गर्ने टोलीको नेतृत्व गरेर पुगेका डीएसपी दीपक खड्काले सुरुमै उनको अन्तिम इच्छा सोधेपछि उनको आलोचना भइरहेको छ। उनको हर्कतको रास्वपा नेताहरूले ठाउँको ठाउँ प्रतिवाद गरेपछि उनले आफ्नो भनाइ सच्याएका थिए। शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने आदेश खरेज गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएलगत्तै प्रहरी टोली लामिछानेलाई पक्राउ गर्न काठमाडौंको हात्तिगौडास्थित उनको निवास गएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थाइल्याण्ड भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन्। प्रधानमन्त्रीको टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो। ओलीलाई बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षबाट थाइल्याण्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटले बिदाइ गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई सिधै जिल्ला प्रहरी कार्यालय पुर्‍याइयो, सोमबार मात्रै कारागार चलान गरिने

सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ। आइतबार बिहान उनलाई यति एयरको विमानमार्फत भैरहवा ल्याइएको हो। जिल्ला अदालत रुपन्देहीको १ करोड धरौटीमा छोड्ने फैसला उच्च अदालत तुलसीपुर बुटवल इजलासले खारेज गरेपछि लामिछाने शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए। गोर्खा मिडिया नेटवर्कका तत्कालिन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको अभियोग छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिकटक बेच्न ७५ दिनको समय, ट्रम्प के चाहन्छन्?

उनले यो कम्पनीको स्वामित्व गैर चिनियाँ नागरिकलाई बेच्नका लागि चीनलाई पटक पटक चेतावनी दिइसकेका छन्। यो कम्पनीको स्वामित्व गैर चिनियाँलाई बेचेमा उनले चीनमाथि लगाउँदै आएको कर घटनाइदिने प्रस्ताव पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविलाई आज भैरहवा लगिंदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रवि प्रक्राउ परेपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारीमा डीपी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन्। उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

छविलाललाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी तथा रास्वपा सभापतिका पूर्वव्यवसायिक साझेदार छविलाल जोशीलाई पुर्पंक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उच्च अदालतले दियो रविलाई थुनामा पठाउने आदेश

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सरकारले किन हटायो? कारण अनि अबका बाटाबारे कुलमानका कुरा (भिडिओसहित)

उनलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी नियुक्त गरेको थियो। आगामी साउनमा दोस्रो कार्यकाल सक्दै गरेका कुलमानसँग अहिलेका उर्जामन्त्री दीपक खड्का पहिलादेखि नै रुष्ट थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यता मन्त्रीहरू कुरिरहे, उता शिक्षकहरू नाचिरहे (भिडिओसहित)

तर शिक्षकहरू आउँदै आएनन्। यता मन्त्रिहरू कुरिरहँदा आन्दोलनरत शिक्षकहरू भने बानेश्वरको सडक भजन र देउडा गाउँदै नाचिरहेका थिए।  डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको शिक्षामन्त्री भट्टाईले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के बालेनविरुद्ध एमालेले सुनितालाई उक्साएको हो? (भिडओ रिपाेर्ट)

महानगरका कामहरू सबै प्रभावति हुन थालेपछि अरु जनप्रतिनिधिहरूको दबावमा उपमेयर सुनिता उनलाई पुनर्बहाली गर्न आफै अघि सरिन्। तर उनलाई बालेनका नगरप्रहरीले छेके। धकेलाधकेल भयो। सुनिताले उपमेयरप्रति पनि उत्तरदायी हुनू भन्दै नगरप्रहरी ऐन कानुनका कुरा पनि सुनाइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के बालेनविरुद्ध एमालेले सुनितालाई उक्साएको हो? (भिडओ रिपाेर्ट)

महानगरका कामहरू सबै प्रभावति हुन थालेपछि अरु जनप्रतिनिधिहरूको दबावमा उपमेयर सुनिता उनलाई पुनर्बहाली गर्न आफै अघि सरिन्। तर उनलाई बालेनका नगरप्रहरीले छेके। धकेलाधकेल भयो। सुनिताले उपमेयरप्रति पनि उत्तरदायी हुनू भन्दै नगरप्रहरी ऐन कानुनका कुरा पनि सुनाइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बर्मेली ओली-मोदीले थाइल्याण्डमा भेटेका ‘क्रुर शासक’विरुद्ध नाराबाजी

बिमस्टेक बैठक चलिरहेको बैंककको सांग्रिला होटलमा एकजना युवाले उनीविरुद्ध नारा लगाउँदै एकल प्रदर्शन गरेका थिए। उच्च शिक्षा हासिल गरिहेका ती युवकलाई प्रहरीले तत्कालै गिरफ्तार गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माेदीसँगकाे भेट रचनात्मक रह्यो–ओली

प्रधानमन्त्री मोदीसँगको भेटपछि ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्‍यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृह-प्रशासनमाथि प्रश्नै-प्रश्न, तीनकुने घटनाबारे गृहमन्त्री र प्रहरी के भन्छन्?

त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरीको सम्पूर्ण संयन्त्र लागिपरको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीले थाइल्याण्डमा माेदी भेटे

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ता भएको हो। यसअघि बिम्स्टेक राष्ट्रका सरकार प्रमुखहरू थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगसँगै सहभागी भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपलब्धीहरू सुनाएर विदा भए गभर्नर

पाँचवर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी विदा भएका छन्। अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धि र सामना गरेका चुनौतिहरु सुनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको आक्रोश, ‘सुरक्षाकर्मी संयम नभएको भए अझ क्षति हुन्थ्यो’

‘त्यो कुनै राजनीतिक प्रदर्शन वा आन्दोलन थिएन। भीड उदण्ड थियो। भीडको नेतृत्वकर्ताहरू नै उदण्ड देखिएका थिए’ उनले भने ‘त्यसको तुलनामा संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं