बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मान्छेहरूले ‘धेरै नबोल्न’ भने पनि आफू रवि लामिछाने भएकोले अलिअलि घोच्नैपर्ने बताएका छन्।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्।
‘मलाई धेरै नबोल, तिखो नबोल पनि भन्छन् । चर्को नबोल भन्छन्, मलाई गालीगलौज नगर पनि भन्छन्,’ लामिछानेले भने, ‘म परे रवि लामिछाने, अलिअलि नघोची हुँदैन।’
आफूलाई टुच्च टुच्च नघोचे आफू पनि चुप लाग्ने उनले बताए। ‘ठाउँ ठाउँबाट घोचिरहन्छन्, अनि दिइरहनुपर्छ,’ उनले भने।
आफूमाथि प्रमाण छ भनिएको ६५८ दिन भएपनि प्रमाण देखाउन नसकेको बताए।
‘चाहिएन प्रमाण भइगो। मलाई अन्तिम इच्छा सोधिएको पनि थियो। मेरो अन्तिम इच्छा सोध्दै बुट बजारेर सोधिएको पनि तपाईंहरूलाई थाहै होला। मैले त्यसको जवाफ दिएको थिएन,’ उनले भने, ‘आज म चितवनबाट भन्न चाहन्छु– मेरो अन्तिम इच्छा के हो २१ गते मत पत्रमा देखाइदिनुहोला।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया