अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति–‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’
नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले सिंहले देशलाई अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राखेको अभिव्यक्तिप्रति नियमापत्ति गर्दै यो कुरा रेकर्डबाट हटाएर कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं