आइतबार, १० अगस्ट २०२५

सत्ता गठबन्धनको बैठकमा के भयो छलफल?

सत्तापक्षीय दलका शीर्ष नेताको बैठकमा सङ्घीय संसदमा विचारधीन विधेयकहरूलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा भएको बैठकमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो। बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारबाट १२ जना कुलमान समर्थक पक्राउ

कुलमान घिसिङको समर्थनमा सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका नेकपा बहुमतका १२ जना युवाहरूलाई प्रहरीले पक्राउ परेको छ। ऊर्जामन्त्रीको राजीनामा माग र कुलमान घिसिङको समर्थनमा सिंहदरबारको निषेधित क्षेत्र दक्षिण गेटमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको विरोधमा नाराबाजी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान गए, हितेन्द्र आए

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए। उनले भने, ‘हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको प्रष्टोक्ति- टीआरसीसँग कुलमान साटेका होइनौं

नेकपा माओवादी (केन्द्र)ले टीआरसीसँग नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नसाटेको स्पष्ट पारेको छ। पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुलमानलाई हटाउने सरकारको निर्णयपछि माओवादीविरुद्ध प्रायोजित दुष्प्रचार सुरु गरिएको दाबी गरे। विज्ञप्तिमा भनिएको छ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ। आमनागरिकमा भ्रम श्रृजना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली र देउवाको तारिफ गरेर थाकिनन् सुजाता

नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले प्रजातन्त्रलाई बलियो बनाएर देशको रक्षा गर्नुपर्ने बताएकी छन्। मंगलबार आफैंले लेखेको ‘म र मेरो सानोबुबा’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले विभिन्न समयमा भएको आन्दोलनले देशमा परिवर्तन आएको भन्दै देशको रक्षाको लागि प्रजातन्त्रलाई बलियो बनाउनुपर्ने बताएकी हुन्। ‘२०४६ र २०६२/०६३ को आन्दोलनपछि नेपालमा धेरै ठुला  विकास भएका छन्। धेरै कुरामा परिर्वतन आएका छन्। ति कुराहरू पनि पुस्तकमा समेट्न खोजेको छु। अब प्रजातन्त्रलाई हामीले बलियो बनाएर यो देशको रक्षा गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानलाई हटाएपछि देउवाले भने- ओलीजीलाई हाम्रो सपोर्ट छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले आफूहरू जेलदेखिकै साथी रहेको भन्दै आगामी दिनमा पनि पूर्ण साथ समर्थन रहेको बताएका हुन्। उनले भने,‘ओलीजी र कांग्रेसबीच समन्वय भएको छ। हामी जेलमा पनि सँगै बसेको हौं। हामी त जेलभित्रको पनि जेल गोलघर भन्ने ठाउँ छ त्यहाँपनि सँगै थियौं। त्यसैले पनि हाम्रो सम्बन्ध राम्रो छ। अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं। अहिले सत्तामा सहकार्य गरिरहेका छौं। कांग्रेसबाट उहाँलाई पूरा सपोर्ट छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानका नाममा लोडसेडिङ हटाएको जस प्रचण्डले लिन खोजेः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मा‌ओवादीहरूले विद्युत प्राधिकरणमा वर्षौंदेखि भइरहेका कामलाई नजरअन्दाज गर्दै कुलमान आउने वित्तिकै चमत्कार भएजस्तो प्रचार गरेको टिप्पणी गरेका छन्। मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले मा‌ओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  बर्षौं लगाएर भएका कामलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको दाबी गरे। उनले प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै ‘प्रमिथस’ बन्न खोजेको आरोप लगाए। उनले कथा सुनाउँदै भने, ‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो। पृथ्वीका मान्छेहरूलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरूमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए। त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो। ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा सत्तारुढ दलको आकस्मिक बैठक, एजेन्डा गोप्य

सत्तारुढ दलहरूको बैठक सुरु भएको छ। मंगबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धन दलका नेताहरू सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मदिराको तालमा ‘समाज भाँड्ने अभिव्यक्ति’ नदिन बालेनलाई युवासंघको चेतावनी

एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मदिराको सनकमा समाज भाँड्ने अभिव्यक्ति नदिन चेतावनी दिएको छ। सरकारले प्रमुख कार्यकारी अधिकृत नियुक्ति नदिएपछि आफ्ना कर्मचारीहरूले तलबसमेत खान नपाएपछि बालेनलले सोमबार एक हप्ताभित्र अधिकृत नियुक्ति नभए सबैलाई ‘टुकुचामा गाडिदिने’ सामाजिक संजालमार्फत धम्की दिएका थिए। बालेनको धम्कीपछि युवासंघ महानगर कमिटीले विज्ञप्ति सार्वजनिक गर्दै देशमा विखण्डनकारी शक्ति र तानाशाही शासकहरूको अवशेष सल्बलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेका बेला बालेनको धम्की आएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डिजिटल बोर्डमा ओलीविरुद्ध नारा राखेपछि एमाले कार्यकताले कुटे प्राधिकरणका हाकिम

कार्यालयको बोर्डमा आफ्ना अध्यक्षविरुद्ध नारा राखिएपछि एमाले कार्यकर्ताहरूले वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि भरतपुर वितरण केन्द्रको डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीविरुद्ध नारा राखिएको कार्यालयले दाबी गरेको छ। ह्याकरको खोजी सुरु गरेको चितवन प्रहरीले जनाएको छ। हाकिममाथि कुटपिट गर्नेविरुद्ध उजुरी नपरेको र उजुरी परेपछि अनुसन्धान गरिने प्रहरीले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कुलमानलाई हटाएपछि ओली भन्छन्- हाम्रो ध्यान विकासमा केन्द्रीत छ

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्‍याउने कामहरू भइरहेको बताएका छन्। मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि लागि परेको बताए। उनले भने, ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौ। केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि लागेका छन् त्यो स्वभाविक पनि हो। विरोधीहरू लाग्छन्।’ यसका साथै, उनले पछिल्लो समय सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउने कुराहरू बढ्दै गएको भन्दै सरकार यस्ता विषयहरूमा अल्झिएर नबस्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कबाड व्यवसायीसँग प्रचण्डको भेट, भने- महानगरसँग पहल गर्छु

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन्। कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन्। उनले भने, ‘कबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरी छ। संकलन गर्ने मजदूर तथा व्यवसायीलाई दुख दिएर समस्या हल हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानलाई हटाएपछि प्राधिकरणको सुरक्षा बढाइयो

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्राधिकरण परिसर क्षेत्र वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले कुलमानलाई हटाउने निर्णय गरेपछि सरकारको निर्णयको सर्वत्र विरोध भइरहेको छ। कुलमानको समर्थनमा विभिन्न समूहले आन्दोलनको तयारी गरेपछि प्राधिकरण परिसर रत्नपार्क वरपरको सुरक्षा व्यवस्था कडा पारिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनको अर्को धम्की : सक्छौ भने मलाई जेल हाल

यसअघि उनले सोमबार साँझ आफ्ना कर्मचारीहरूलाई एकसाताभित्र तलव दिने वातावरण नभए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाले कसैमाथि आक्रमण गर्न लागेको कुरा कसरी बाहिरिन्छ?

अमेरिकी गुप्त सुरक्षा सूचना बाहिर लिक भएपछि अहिले पूरै अमेरिकी सुरक्षा संयन्त्रभित्र हलचल मच्चिएको छ। यमनको हुथी बिद्रोहीमाथि आक्रमणको तयारीबारे अमेरिकी सूचना एउटा ग्रुपच्याटबाट बाहिरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्ञानेन्द्र शाहीको चुनौती: काँग्रेसले मन्त्री फिर्ता गरोस्, प्रचण्डले सहमति तोडून्

शाहीले काँग्रेस महामन्त्रीहरूलाई सम्बोधन गर्दै साँच्चिकै त्यसको विरोध गरेको हो भने मन्त्रीहरू फिर्ता बोलाउन र घिसिङलाई पुन:नियुक्ति गर्न चुनौती दिएका हुन्। त्यस्तै उनले एमालेसँग टिआरसी बिधेयकको सम्झौता तोड्न पनि चुनौती दिएका छन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र देउवासमेतको सहभागितामा टिआरसीमा सहमति भएलगत्तै ओली नेतृत्वको सरकारले कुलमानलाई हटाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान हटाउने सरकार: सबैको सल्लाह तर सामाजिक सञ्जालमा भने विरोध

मन्त्रिपरिषदले हटाउने निर्णय गर्ने दिन उनी चेपाङ बस्तीमा पहिलोपटक बिजुली बाल्दै थिए। उर्जामन्त्री दीपक खड्काले उनलाई स्पस्टीकरण सोधेर हैरानीमात्रै दिएनन् बरु लोडसेडिङ हटाउने श्रेय उनलाई दिनुभन्दा भारतलाई दिनुपर्ने भन्दै आए। कुलमानले विद्युत प्राधिकरण नाफामा गएको भनेर फेक रिपोर्ट दिएको भनेर आरोप समेत लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानलाई हटायो सरकारले

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीयता कांग्रेसको अवधारणा हो, गणतन्त्रबाट एक इन्च पनि दायाँबायाँ हुदैनौंः गगन

संविधानभित्रै रहेर जनताको अपेक्षा पुरा गर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार अग्रसर हुनुपर्ने धारणा राखे। कांग्रेसकै कारण संघीयता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफूलाई राजद्रोहको मुद्धा लागेको अनुभव सुनाए। कांग्रेस गणतन्त्र र संघीयताप्रति एक इन्च पनि दायाँबायाँ नहुने थापाले बताएका छन्। महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस विभाजन हुँदा नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रीक दुई पार्टी भयो। गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले काठमाडौंमा मात्र विकास भयो अब विकेन्द्रीकरणमा जानुपर्छ भन्दै प्रदेशको अवधारणा विकास गर्‍यो। शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकले नेपाललाई संघीयतामा लैजाने निर्णय गरेको हो। त्यसैले संघीयता कांग्रेसको अवधारणा हो। यो सही ढंगले चलेको छैन तर चलाउन सकिन्छ। त्यसमा कांग्रेस दृढ संकल्पित छ।’

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

तीनदलीय सहमतिपछि प्रचण्ड बाहिरिए, ओली र देउवा छलफलमै

तीन दलका शीर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति जुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रचण्डसहितका नेताहरूबीचको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको बैठकमा सहभागी प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले बताए। बैठकबाट प्रचण्ड निस्केपछि सत्तापक्षीय नेताहरूबीच छलफल सुरु भएको छ। प्रचण्ड बाहिरिएपछि प्रधानमन्त्री ओली र सत्ता साझेदार कांग्रेसका सभापति देउवा अझै सिंहदरबारमै छलफलमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं