आइतबार, १० अगस्ट २०२५

कुलमानको समर्थनमा ओलीविरुद्ध नारा, प्रहरीको धरपकड

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरूको समूहले बुधबार पनि प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेको छ। कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन्। उनीहरूले  विरोध प्रदर्शनमा विद्युत प्राधिकरण डुबाउन पाइँदैन, कुलमान घिसिङ पुनः नियुक्ती गर,  केपी ओली मुर्दावाद जस्ता नारा लगाएका थिए। प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो।सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ। विपक्षी दलहरूले संसदमा समेत अवरोध गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एउटा कर्मचारीलाई हटाउँदा केही मानिसहरू छाती पिटीपिटी रोइरहेका छन्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कर्मचारीलाई हटाउँदा केही मानिसहरू छाती पिटीपिटी रोइरहेको टिप्पणी गरेका छन्। नेकपा एमालेको युवादस्ता राष्ट्रिय युवा संघ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसबारे सरकारले जवाफ दिइरहनु आवश्यक नरहेको टिप्पणी गरे। उनले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्‍यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरूलाई सहयोग हुने, उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन’, ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई प्रचण्डले ‘गणतन्त्रबारे तपाईंहरूको नीति के हो?’ भनेर सोधेपछि…

बुधबार बसेको विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रक अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान शासन व्यवस्थाप्रतिको प्रतिवद्धताबारे प्रश्न गरेका छन्। माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकमा माओवादी, नेकपा एस, रास्वपा, महिन्द्रराय यादवको नेसपाका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा प्रचण्डले रास्वपाको शासन व्यवस्थाप्रतिको धारणा के हो? भन्दै प्रश्न गरेका थिए। उनले आफू रास्वपा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको भन्नेमा विश्वस्त रहेपनि समाजमा रास्वपाको ‘धार क्लियर’ नभएको म्यासेज सुनिएको भन्दै प्रश्न गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बैठक छोडेर युवा संघको भेलामा ओली

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेको राष्ट्रिय युवा संघको स्वयंसेवक भेलामा सहभागी भएका छन्। युवा संघले काठमाडौंमा आयोजना गरेको भेलामा सम्बोधन गर्न प्रधानमन्त्री ओली बुधबार दिउँसो तीनकुने पुगेका हुन्। त्यहाँ युवा संघका कार्यकर्ताहरूले ‘ओलीबा वि लभ यु’ को नारा लगाएका थिए। यता प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले सरकारको खोजी गरेपछि संसद बैठक दुईपटक बसेर स्थगित भएको छ। संसद बहिष्कार गरेर पार्टीको युवा दस्ताको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्रीको प्रतिपक्षी दलहरूले आलोचना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुईपटक बस्यो संसद, आएन सरकार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको विषयले संसदमा हंगामा मच्चाएको छ। आजै दुईपटक बसेको संसदमा सरकार नआएपछि बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ। आज बिहान ११ बजे बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी सांसदहरूले कुलमानलाई हटाएको विषयमा सरकारको जवाफ खोजेपछि बैठक स्थगित भएको थियो। आधा घण्टाका लागि स्थगित बैठक दिउँसो ३ बजेपछि पुनः बसेको थियो। तर, बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दलहरूले फेरि सरकारको जवाफ खोज्दै विरोध गरेपछि बैठक स्थगित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मलाई फेरि निकै ठूलो जालझेलको महसुस भयो, स्वर्ग र नर्क सम्झायो’- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले ‘टीआरसीसँग प्रचण्डले कुलमान साटेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले टीआरसीको विषयमा छलफल गर्न बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको बारेमा कुनै पनि चर्चा नभएको दाबी गरे। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘म निस्कनेबित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरियो। मलाई फेरि एक पटक निकै ठूलो जालझेल भएको महसुस भयो। म सिंहदबारमा गएर टीआरसीबारे टुंग्याएलगत्तै कुलमानबारे निर्णय गर्नुपर्ने बाध्यता त थिएन, त्यसले फेरि मलाई स्वर्ग र नर्क सम्झायो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार बहुआयामिक चुनौतीहरूको सामना गर्न तयार छ: प्रकाशमान सिंह

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरूको सामना गर्न प्रतिबद्ध रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित ‘शहरी शासन र विकाससम्बन्धी क्षेत्रीय गोल तालिका’ विषयक छलफल कार्यक्रममा उनले सरकार शहरीकरणको चुनौती सामना गर्न तयार रहेको भन्दै मन्त्रालयको एजेण्डा भनेकै आधारभूत सेवामा सबैको पहुँच पुर्‍याउनु भएको बताएका हुन्। उनले भने, ‘नेपालले पनि अन्य देशहरू जस्तै तीव्र शहरीकरणको बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको छ। यद्यपी सरकार यो सबै चुनौतीहरूको सामना गर्न र यसलाई व्यवस्थापन गर्न एकदमै प्रतिबद्ध रहेको छ। मेरो मन्त्रालयको एजेण्डा भनेको अर्थतन्त्रमा आधारित शहर निर्माण गर्नु हो जहाँ सबैजनाको आधारभूत सेवाको पहुँच हुन्छ। यसको साथै सुरक्षित आवास, स्वच्छ वातावरण, सामाजिक र आर्थिक गतिविधिको अवसर पनि प्राप्त गर्न सकिन्छ । यो योजना पूर्वाधार विकासको लागि मात्र होईन् स्थिर समुदाय विकास गर्नको लागि हो जहाँ सबैले जीवनको आवश्यकता पूरा गर्ने मौका पाउने छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूमिसम्बन्धी अध्यादेशलाई ‘आफैं निष्क्रिय’ हुन दिने सत्तापक्षीय दलहरूको निर्णय

सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने निर्णय गरेका छन्। बुधबार बालुवाटारमा बसेको सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। ‘भूमिसम्बन्धी अध्यादेशमा हाम्रो अब्जेक्सन कायम छ। त्यही भएर आजको बैठकमा यो अध्यादेशलाई आफैं निष्क्रिय हुन दिने र नियमित विधेयकका रूपमा ल्याउने सहमति बनेको छ। अरु विषयमा केही पनि कुरा भएको छैन। आजको बैठकमा भूमिसम्बन्धी अध्यादेशलाई अब के गर्ने? १८ गतेबाट आफैं निष्क्रिय हुन्छ, या त सरकारले फिर्ता लिनुपर्यो, या त यो आफैं निष्क्रिय हुने अवस्थामा पुगेको छ। त्यसैले यसै विषयमा आजको बैठकले अघि बढाउने निर्णय गरेको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बैठक डाकेर बालुवाटारमा सत्तापक्षको जमघट, उपेन्द्र पनि सहभागी

विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको विरोधमा प्रतिनिधि सभामा हंगामा भइरहँदा सत्तापक्षका शीर्ष नेताहरू भने बालुवाटारमा भेला भएका छन्। बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सत्तापक्षका शीर्ष नेताहरूनै नआएपछि बैठक आधा घण्टा ढिलो सुरु भएको थियो। बैठकको सुरुमै प्रतिपक्षी सांसदहरूले कुलनमालाई हटाएकोमा विरोध गरे। उनीहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने अडान राखे। सभामुख घिमिरेले बैठक चलाउन सहयोग गर्न बारबार आग्रह गर्दा पनि प्रतिपक्षी सांसदहरू ब्याक नभएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानको कुरा उठाउन खोज्दा सभामुखले स्थगित गरे संसद बैठक!

सभामुखले पटकपटक बस्न र सदन चलाउने वातावरण बनाउन आग्रह गरेपछि प्रतिपक्षी सांसदले नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको हो। यता सत्तारुढ दलका सांसदहरूले पनि कुलमानलाई हटाएको विरोधमा बोल्नका लागि नाम टिपाएको खुलेको छ। सत्तापक्षकै सांसदहरूले विरोध गर्ने भएपछि सभामुखले बैठक स्थगित गरेको कांग्रेसका सांसदले बताए। ‘हाम्रा साथीहरूले पनि कुलमानलाई हटाएर सरकारले आफैं समस्या निम्त्याएको भन्दै विरोध गर्ने तयारी गर्नुभएको थियो। त्यही भएर होला सभामुखले बैठक स्थगित गर्नु भएको। एमालेसँग कांग्रेस सति जान सक्दैन। सरकारको मनलाग्दीको समर्थन गर्न सकिन्न,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षीको अवरोधपछि संसद बैठक स्थगित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको भन्दै प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बुधबार संसद बैठक सुुरु हुने वित्तिकै प्रतिपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरेका थिए। सांसदहरूले उठेर विरोध जनाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई सभामुखले बोल्न समय दिएका थिए। उनले सरकारले विचौलियाको आदेशमा सरकारले कुलमानलाई हटाएको आरोप लगाए। उनले जुन प्रयोजनका लागि सरकार बनेको थियो त्यो औचित्य समाप्त भएको दाबी गरे। उनले सरकार नै ४ महिना टिक्ने आधार नभएपछि कुलमानलाई हटाएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानलाई हटाएपछि विपक्षी सांसदद्वारा संसदमा हंगामा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको भन्दै प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले हंगामा गरेका छन्। बुधबार संसद बैठक सुुरु हुने वित्तिकै प्रतिपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरेका थिए। सांसदहरूले उठेर विरोध जनाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई सभामुखले बोल्न समय दिएका थिए। उनले सरकारले विचौलियाको आदेशमा सरकारले कुलमानलाई हटाएको आरोप लगाए। उनले जुन प्रयोजनका लागि सरकार बनेको थियो त्यो औचित्य समाप्त भएको दाबी गरे। उनले सरकार नै ४ महिना टिक्ने आधार नभएपछि कुलमानलाई हटाएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपक्षीहरूले संसद अवरोध गर्ने

सरकारले हालैमात्र नेपाल विद्यु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको थियो। सत्ता पक्षकै नेताहरू र विपक्षी दलहरूले समेत त्यसको चर्को विरोध र आलोचना गरेका छन्।  बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी थिए।  उनीहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक अवरुद्ध गर्ने निर्णय गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुस-युक्रेन : ‘ब्ल्याक सी’ युद्ध नगर्ने सम्झौताले के अर्थ राख्छ?

विश्वमा सबैभन्दा धेरै खाद्यान्न उत्पादन र निर्यात गर्ने एउटा प्रमुख देश युक्रेन हो। त्यसपछिको हिस्सा रुसले ओगट्छ। र, रुस र युक्रनले ओगट्ने विश्वभरिको लगभग २७ प्रतिशत खाद्यान्न ढुवानी हुने एकमात्रै अन्तर्राष्ट्रिय सामुद्रिक मार्ग भनेको ब्ल्याक सी नै हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी

पछिल्लो समय राजावादीहरूको आन्दोलन चर्किरहेको छ। उनीहरूले पनि १५ गते नै राजधानीमा शक्ति प्रदर्शन गर्दैछन्। र सोही दिन विपक्षीहरूले प्रदर्शन राखेका छन्।  यसैबेला सरकारले विद्यु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रतिपक्षीहरू एकै ठाउँमा जुटेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्दोलनको मौसम : सडकमा ‘शक्ति’ देखाउँदै ‘राजावादी’ र ‘गणतन्त्रवादी’

दुबै पक्षले काठमाडौं केन्द्रित गरेर आन्दोलनको घोषणा गरेपछि केही दिन राजधानी अस्तव्यस्त नै हुनेछ। चैत १५ मा राजावादीहरूले काठमाडौंमा प्रदर्शन र सभाहरू गर्ने घोषणा गरेका थिए। त्यसपछि समाजवादी मोर्चामा आवद्ध नेकपा माओवदी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको माओवादीले पनि प्रदर्शनको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिचन्द्रमा स्ववियु निर्वाचन आज

राजनीतिक पार्टीहरूमा धेरै नेताहरू जन्माएको यो देशै पुरानो क्याम्पस हो। क्याम्पस पढ्ने विद्यार्थीहरूको साझा संस्था मानिने स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि यहाँ नौ जना उम्मेदवार सभापतिका लागि भिड्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पदभार सम्हाल्दै शाक्यले भने ‘लोडसेडिङ हुँदैन’

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो। मंगलबार साँझतिर प्राधिकरणका कर्मचारीहरूको स्वागत पछि उनले पदभार ग्रहण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान हटाएर थाइल्याण्ड जाँदै ओली, भेटे राजदूत

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन्। यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैठौँ शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जान लागेका सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए। सोमबार विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाउन बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण पनि स्वीकृत गरेको थियो। यसैबीच प्रधानमन्त्री ओली र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता गठबन्धनको बैठकमा के भयो छलफल?

सत्तापक्षीय दलका शीर्ष नेताको बैठकमा सङ्घीय संसदमा विचारधीन विधेयकहरूलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा भएको बैठकमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो। बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं