सुमनाको राजीनामापछि रविलाई शाहीको सान्त्वना, भनेः सुखमा मात्रै साथ दिने स्वार्थी हुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएपछि रास्वपाभित्र फुटको संकेत देखिएको छ। उनको राजीनामापछि राजनीतिक वृतमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन्। यस्तैमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रवि लामिछानेलाई सान्त्वना दिएका छन्। शाहीले बिहीबार सामाजिक सञ्जालमार्फत सुमनालक्षित गर्दै सुखमा मात्र साथ दिने स्वार्थी हुने भन्दै लामिछानेलाई ट्याग गरेका हुन्। उनले भनेका छन्, ‘दुःखमा साथ दिने साथी हुन्छ। सुखमा साथ दिने स्वार्थी हुन्छ।’
बिएल संवाददाता - काठमाडौं