बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा बालेन शाहको शपथ ग्रहण कार्यक्रमको व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुख्य सचिवलाई पत्र लेख्दै शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन भनेका हुन्।
चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण हुँदैछ। चैत १३ गते रामनवमीको दिन वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी गरेका छन्।
बालेनले शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिने साइत निकालेका छन्। शपथ समारोहमा ७ वटा शंखबाट शंखनाद हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने कार्यक्रमसमेत तय भएको छ।
बालेनले भोलि नै दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने साइत जुराएका छन्।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया