राप्रपा आन्दोलनको ‘मोडल’ परिवर्तन, सीमित नेताहरूमात्र प्रदर्शनमा सहभागी हुने
राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बिजुलीबजार क्षेत्रमा मात्र प्रदर्शनको तयारी गरेको छ। तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए। उनका अनुसार बालुवाटार, भद्रकाली र नयाँबानेश्वर क्षेत्रबाट र्यालीको तयारी गरिएपनि भर्खरै बसेको राप्रपा नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रीत हुने निर्णय गरेको छ। राप्रपाका एक पदाधिकारीका अनुसार आन्दोलनमा कार्यकर्ताहरूलाई आह्वान गरिएको छैन। सीमित नेताहरू मात्र सहभागी हुने र स्वतस्फूर्त आउने कार्यकर्ताहरू मात्र सहभागी हुने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं