
मिश्र र राणासहित ४१ राजावादी प्रदर्शनकारीलाई अदालतमा उपस्थित गराइयो
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। तीनकुनेको हिंसात्मक आन्दोलनमा जोडिएको आरोपमा पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गर्न लागिएको हो। उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

बिएल संवाददाता - काठमाडौं