
प्रधानमन्त्रीको आकलन- ‘भोलि १०/१५ हजारको जुलुस निस्कन्छ, त्यसै तिललाई पहाड बनाइँदैछ’
प्रधानमन्त्री ओलीले नेपालस्थित अस्ट्रेलियन दूतावासले शुक्रबार आन्दोनलाई मध्यनजर गर्दै नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन गरेको नोटिसप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस जारी गर्यो- कुनै पनि बेला कर्फ्यु जारी हुन सक्छ। जुलुस निस्कँदैछ। बाहिर ननिस्कनू भनेर। त्यो ग्लोबल्ली एउटा अनावश्यक प्रचारको कुरा मात्र हो।’ शुक्रबार समाजवादी मोर्चा र राजावादी समूहले प्रदर्शनलाई लिएर अनावश्यक प्रचारबाजी गरिएको पनि बताए। उनले यी जुलुसमा १०/१५ हजार मानिस आउने भएकोले तिललाई पहाड बनाउन आवश्यक नरहेको पनि दाबी गरे।

बिएल संवाददाता - काठमाडौं