बिएल संवाददाता
इरानले विश्व इन्धन बजारको सबैभन्दा महत्वपूर्ण जलमार्ग स्ट्रीट अफ होर्मुज सधैका लागि बन्द गरिदिने कडा धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त बाटो खोल्नका लागि दिएको ४८ घण्टे समयसीमा सकिदैं जाँदा इरानले कडा चेतावनीयुक्त जवाफ फर्काएको हो।
यसअघि ट्रम्पले उक्त बाटो खोल्नका लागि इरानलाई ४८ घण्टाको समयसीमा दिएका थिए र त्यसो नभएमा इरानका सबै ठूला उर्जा प्लान्टहरूको नामोनिशान मेटाइदिने चेतावनी दिएका थिए। इरानले त्यसको जवाफ फर्काउँदै ट्रम्पले भनेअनुसार नै अमेरिका अघि बढ्न खोजे उक्त जलमार्ग सधैका लागि बन्द गरिदिने चेतावनी दिएको हो।
इरानको इस्लामिक रेभलुशनरी गार्ड कोर (आईआरजीसी)ले अमेरिका र इजरायलको आक्रमणबाट ध्वस्त भएका पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म होर्मुज अफ स्ट्रीट नखोल्ने बताएको छ। अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले उक्त सामुद्रिक बाटोमा निरन्तर अवरोध गर्दै आएको छ। विश्वभरिको लगभग २० प्रतिशत इन्धन यही बाटोबाट ढुवानी हुन्छ।
इरानले लगातार अवरोध गरेपछि अहिले विश्वबजारमा इन्धनको आपूर्ति खलबलिएको छ। इरानले यो बाटो अवरुद्ध गर्दै कैयौ तेल ट्याङ्करबाहक पानीजहाजहरू बन्धक पनि बनाइराखेको छ। हरेक महिना लगभग ३ हजारभन्दा धेरै तेल बोकेका ट्याङ्करबाहक पानी जहाजहरू यही बाटो भएर आवतजावत गर्छन्।
युद्ध सुरु भएसँगै विश्वबजारमा इन्धनको मूल्य एकाएक आकाशिएको छ। त्यसपछिका दिनमा कच्चा तेल प्रति ब्यारेल ११०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। यो वर्षमा सबैभन्दा धेरै करिब ७० प्रतिशतको वृद्धिदर हो।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया