बिएल संवाददाता
कपिलवस्तुको महाराजगंजमा हिन्दु र मुस्लिम समुदायबीच विवाद चर्किएपछि निषेधाज्ञा जारी गरिएको छ।
महाराजगन्जको वडा नं. २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरूको नवरात्र मनाउने क्रममा उत्पन्न भएको विवाद बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा भनिएको छ।
मुस्लिम समुदायले नवाज पढिरहेका बेला हिन्दुहरूले दुर्गा माताको पूजा गर्दै भजनको आवाज चर्को बनाएपछि विवाद बढेको स्थानीयले बताएका छन्। मुस्लिम पक्षले भजनको आवा घटाउन भटाएपछि दुई समूदायबीच झडप नै भएको थियो। घटना नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ।
झडपमा प्रहरी, हिन्दु र मुस्लिम समुदायका तर्फबाट एक बालकसहित कुल ६ जना घाइते भएका छन्। प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया