बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानयुद्ध चाँडै समाप्त हुने संकेत गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै ट्रम्पले यस्तो संकेत दिँदै गर्दा केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने अमेरिकाले इरानी भूमिमा आफ्ना सैनिक उतार्ने तयारी गरिरहेको पनि रिपोर्टहरू प्रकाशित गरेका छन्।
अहिलेसम्म जमिनी लडाईं कसैले लडेका छैनन्। इजरायल र अमेरिकाले गरेका हवाइ आक्रमणको जवाफमा इरानले पनि इजरायल तथा खाडीका अन्य राष्ट्रहरूमा क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गरिरहेको छ।
‘हामी आफ्नो लक्ष्यको एकदमै नजिकै छौं। त्यसैले इरानको आतंकपूर्ण शासनविरुद्ध थालिएको हाम्रो ठूलो सैन्य अभियान विस्तारै विस्तारै अन्त्य हुने दिशामा छ’ उनले लेखेका छन्।
यो युद्ध समाप्तिका लागि ट्रम्पले एउटा अर्को शर्त पनि राखेका छन्। उनले इरानी क्षेत्रमा पर्ने तेल आयातको सामुद्रिक बाटो हर्मुज स्ट्रीटको सुरक्षा सम्बन्धित देशहरूलाई नै गर्न पनि भनेका छन्।
‘हर्मुज ट्री६को निगरानी र सुरक्षा अब तिनै देशहरुको जिम्मेवारी हुनेछ जसले यो बाटोको प्रयोग गर्छन् र तेल आयात गर्छन्’ उनले भनेका छन्।
विश्वको लगभग २० प्रतिशत तेल हर्मुज स्ट्रीटबाटै आयात निर्यात हुन्छ। जसलाई अहिले इरानले अवरोध गरिरहेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया