बालबालिकालाई ‘राजनीतिमा नलाग्न’ मुख्यमन्त्री कँडेलको सुझाव
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सानै उमेरमा राजनीतिमा नलाग्न बालबालिकालाई सुझाव दिएका छन्। कर्णाली प्रदेशस्तरीय बाल सञ्जालको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कँडेलले राजनीतिबारे जानकारी लिए पनि राजनितीमा बुझेर मात्र लाग्न सुझाव दिएका हुन्। ‘राजनीतिबारे बुझ्नुहोला, ज्ञान लिनु होला, तर सानै उमेरमा राजनीति नगर्नु होला,’ उनले भने, ‘यो उमेरकै तपाईहरूलाई राजनीति गर्नुस् त भन्दिन् तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला।’ राजनीति अधिकारको खोजीको यात्रा भएको उनको भनाइ छ। विद्यालय बाहिर रहेका बालबालिकाको हितमा पनि आवाज उठाउन सञ्जालका पदाधिकारीलाई सुझाव दिए। मुख्यमन्त्री कँडेलले आफ्नो मात्र नभएर बिद्यालय जान नपाएका बालबालिकाहरूको पनि सवाललाई उठाउन उनीहरूलाई आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं