रविन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरेको भन्दै रास्वपाको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलाई राज्यले दुर्व्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएपनि राज्यले गरिरहेको दुव्र्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्। उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रविन्द्र मिश्र ज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ। त्यसैले त्यसमा सच्याईयोस्।’
बिएल संवाददाता - काठमाडौं