बिएल संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन्।
मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन्।
सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झर्नुपर्ने उल्लेख गर्दै मन्त्री रावलले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुन अनुसार कारबाही भोग्न तयार रहन चेतावनी समेत दिइन्।
‘मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्’, मन्त्री रावलले भनिन्, ‘कसैको दबाब र प्रभावले होइन कानुनमा टेकेर काम गर्नुस्।’
उनले भनिन्, ‘नापी र मालपोतमा पुग्दा जनताले सबैभन्दा बढी हैरानी भोग्ने गरेका छन्, अब सबैभन्दा सहज यी नै कार्यालयको सेवा लिँदा हुन्छ भन्ने प्रमाणित गर्नुस्।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया