रास्वपालक्षित ओलीको टिप्पणीः ‘निलो रंग’का स्यालहरू निकै हाउभाउ गरिरहेका छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपालक्षित टिप्पणी गर्दै उनीहरूको वास्तविक रुप लामो समय नटिक्ने बताएका छन्। आइतबार मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय निलो रंगका स्यालहरू निकै हाउभाउ गरिएको टिप्पणी गरे। उनले भने, ‘आजकाल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन्। तिनीहरूको वास्तविक रुप लामो समय टिक्ने छैन। एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौं। हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुुन्छौं।’
बिएल संवाददाता - काठमाडौं