बिएल संवाददाता
नेकपा एमालेको शीर्ष नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै अनेकन दबाबमुलक अभियान चालिरहेको युवा पंक्तिले पार्टीभित्र विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।
११औं महाधिवेशनले अत्यधिक मतान्तरसहित केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाएको साढे ३ महिना नबित्दै महाधिवेशन प्रतिनिधि, जनवर्गीय संगठनका पदाधिकारीहरू र पार्टीकै केन्द्रीय कमिटी सदस्यहरूले ओलीको विकल्प खोज्दै संयुक्त अभियान थालेका हुन्।
पार्टी नेतृत्वको अकर्मण्यता र असहिष्णु शैलीले हालैको निर्वाचनमा लज्जास्पद हार ब्यहोर्नुपरेको निष्कर्ष निकाल्दै पार्टीकै कार्यकर्ता र जनताहरूले नपत्याउने नेतृत्व नेताहरूले नेतृत्व फेर्ने अभियान थालेका हुन्।
युवाहरूले नेतृत्व गरिरहेको अभियानलाई महाधिवेशन प्रतिनिधिहरू, जनवर्गीय संगठनहरू र पार्टीकै केन्द्रीय कमिटीका नेताहरूले सघाइरहेका छन्। झन्डै २५ प्रतिशत महाधिवेशन प्रतिनिधि, जनवर्गीय संगठनका प्रतिनिधिहरू र पार्टीकै केन्द्रीय कमिटी सदस्यहरू नेतृत्व परिवर्तनको पक्षमा खुलिसकेको दाबी गरिएको छ।
अभियानलाई पार्टी उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई, नेताहरू कर्ण थापा, गोकुल बास्कोटालगायतले प्रत्यक्ष साथ दिइरहेको एक नेताले बताए।
उनीहरूकै डिजाइनमा युवाहरूले केही दिनदेखि पार्टी कार्यालयमा धर्ना, विरोध र महासचिवको राजीनामासम्म माग्दै आएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान थाल्नुअघि पनि युवाहरूले पौडेल, विष्ट, गुरुङ, भट्टराईलगायत पदाधिकारीहरूसँग भेट गरेको अभियानमा संलग्न युवा नेताहरू बताउँछन्।
नेतृत्व परिवर्तनको अभियानलाई केन्द्रदेखि, प्रदेश कमिटी हुँदै जिल्ला र स्थानीय तहसम्मै लैजाने नेताहरूको तयारी छ। सम्भव भएसम्म संगठित सदस्यसम्मै अभियान विस्तार गर्ने योजना रहेको बुझिएको छ।
जेनजी आन्दोलनपछि नै नेतृत्वको विकल्प खोजिरहेका नेताहरूको ११औं महाधिवेशनमा अध्यक्ष ओलीका सामू जोर चलेन। तर, आम निर्वाचनपछि नेताहरू यसको सान्दर्भिकतालाई पुष्टि गर्न खोजिरहेका छन्।
पछिल्लो समय गरेको अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, विष्णु रिमालहरूले डिजाइन गरिदिएको र संसदमा दलका नेता रामबहादुर थापा बादलले गरेको सम्बोधनसमेत सच्याउने हिम्मत देखाएका नेताहरू पहिलो परीक्षामै पास भएपछि थप हौसिएका छन्।
पार्टीलाई इतिहासकै कमजोर स्थानमा पुर्याउन अध्यक्ष, महासचिव र उनीहरूको समूहकै मुख्य भूमिका रहेको भन्ने तथ्य कार्यकर्ता र जनातामाझ स्थापित गराउने योजनामा छन् विशेष महाधिवेशन पक्षधर नेताहरू।
एमाले फेरिएको झल्को दिन सकेसम्म पार्टी नेतृत्व तेस्रो पुस्तामा पुर्याउने, नसके दोस्रो र तेस्रो पुस्ताको समिश्रणमा पार्टीलाई गतिशील बनाउने समझदारी नेताहरूबीच भएको एक पदाधिकारीले खुलासा गरे।
तेस्रो पुस्ता नेताहरू सुहाङ नेम्वाङ, समिक बडाल, नरेश रोकायाहरू पनि नेतृत्व परिवर्तनको पक्षमा खुलेका छन्। प्रत्यक्ष रुपमा नदेखिए पनि अप्रत्यक्ष रुपमा अभियानलाई उनीहरूको पनि साथ रहेको नेताहरूको दाबी छ।
विशेष महाधिवेशन पक्षधर एक नेता भन्छन्, ‘पार्टीलाई यत्रो भड्खालोमा हाल्दा पनि अध्यक्ष र महासचिवको चित्त बुझेको छैन। उहाँहरूले जतिसम्म योगदान गर्नुपर्थ्यो गरिसक्नुभयो। अब गर्न बाँकी के छ र पार्टीमा? जेनजी आन्दोलन र निर्वाचन परिणामले नेतृत्व अस्वीकृत पुष्टि भइसक्यो। आम कार्यकर्ता र जनताकै म्यान्डेटअनुसार हाम्रो अभियान अब वडा कमिटीसम्मै विस्तार हुन्छ। पार्टी त अब युवाहरूले कब्जा गरेरै छोड्ने हो।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया