बिएल संवाददाता
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले संसदमा बोलेका अधिव्यक्ति पार्टीको स्थापित नीति र मान्यता विपरीत रहेको बताएका छन्।
बादलको सम्बोधनपछि बिहीबार राति पौडेलले सामाजिक सञ्जालमार्फत बादवको अभिव्यक्तिप्रति औपचारिक असन्तुष्टि पोखेका हुन्।
एमाले पदाधिकारीहरूले बादलको अभिव्यक्तिबारे छलफलका लागि आकस्मिक सचिवालय बैठकसमेत बोलाउन लगाएको छ।
भोलिको बैठकमा उपाध्यक्ष बादलका अभिव्यक्तिप्रति गम्भीरतापूर्वक छलफल हुने बताउँदै उनले दलको नेताबाट समेत हटाउँने संकेत गर्दै उचित निर्णय हुने उल्लेख गरेका छन्।
बादलले संसदमा सेना र ब्युरोक्रेसीलक्षित टिप्पणी गर्दै चुनावमा रास्वपाको जितमाथि प्रश्न उठाएका थिए।
पौडेलको भनाइ–
प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्।
यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया