बिएल संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तत्कालिन मन्त्री बलराम अधिकारी मुछिएको घुसकाण्डको छानबिन गर्न अध्ययन समिति गठन गरेको छ।
मन्त्रालयले सचिवस्तरीय निर्णयबाट बौद्ध तथा मेलम्ची घ्याङगुठीका चिनियाँ लामा भूपतीबज्र लामाको नियुक्ति जोडिएको विषयमा छानबिन गर्न निर्देशन दिएको हो।
मन्त्रालयका सहसचिव ध्रुव घिमिरे, उपसचिव रोशनशंकर घिमिरे र कानून अधिकृत ध्रुव भण्डारी सदस्य रहेको समिति गठन भएको हो।
लामाले तत्कालीन भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई घुस खुवाएर नियुक्ति लिएको आरोप लागेको छ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका भूमी व्यवस्थामन्त्री डा. कुमार इङ्नामले आफूकहाँ उजुरी परेपछि छानबिन गरेर निर्णय गर्न गुठी संस्थानलाई निर्देशन दिएका थिए।
चिनियाँ लामा बन्नका लागि भूपतीबज्रले पूर्वमन्त्री अधिकारीलाई पाँच करोड रुपैंया बुझाएको उजुरी आफूले पाएको निर्वतमान मन्त्री इङ्नामले बताएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया