बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्मी चीफ अफ स्टाफ र्यान्डी जर्जलाई पदबाट हटाएका छन्। इरान युद्धका दौरान चीप अफ स्टाफलाई पदमुक्त गरिएको कारणबारेमा भने पेन्टागनले केही भनेको छैन।
रक्षामन्त्री पिट हेगसेथले आर्मी चीफ र्यान्डी अब ‘रिटायर्ड’ भइसकेको जानकारी दिएका छन्। तर त्यसको कारण भने खुलाएका छैनन्।
पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै अमेरिकी सैनिक ४१ औं चीफ अफ स्टाफ तत्कालैदेखि अवकाश भएको बताएका छन्।
सामान्यतया अमेरिकी सैन्य चीफ अफ स्टाफको कार्यकाल चार वर्षका लागि हुन्छ। जर्जलाई २०२३ को अन्त्यतिर तत्कालीन राष्ट्रपति जो बाइडनले नियुक्त गरेका थिए।
राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध चाँडै नै समाप्त हुने जानकारी दिइरहेका बेला पेन्टागनले एकजना सैन्य नेतृत्वलाई पदबाट हटाएको हो। राष्ट्रपति ट्रम्पले बुधबारमात्रै राष्ट्रका नाममा सम्बोधन गर्दै इरान युद्धबारे औपचारिकरुपमा अमेरिकी नागरिकलाई जानकारी दिएका थिए। त्यसक्रममा उनले इरान युद्धमा अमेरिका अब निर्णयक विन्दुमा पुगिसकेको भन्दै चाँडै नै यो युद्ध अन्त्य हुने बताएका थिए।
यसअघिका खाडी युद्ध, इराक, अफगानिस्तानलगायत कैयौ युद्धहरूमा नेतृत्वदायी भूमिका निभाइसकेका आर्मी चीफ अफ स्टाफ जर्जलाई अहिले नै किन हटाइयो भन्नेबारेमा अमेरिकी सञ्चारमाध्यमहरूले आआफ्नो विश्लेषणहरू दिन थालेका छन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया