बिएल संवाददाता
प्रहरीले काठमाडौं र रुपन्देहीका विभिन्न ठाउँमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौंको पिंगलास्थानबाट प्रहरीले दुईजना लागुऔषध कारोबारीलाई दुई किलोभन्दा धेरै खैरो हिरोइनसहित पक्राउ गरेको छ।
उनिहरूमाथि गोली चलाएर प्रहरीले हिरोइनसहित पक्राउ गरेको हो। उनिहरू दुबैजना भारतीय नागरिक हुन्। लागुऔषधसँगै उनिहरूले प्रयोग गर्दै आएको गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै रुपन्देहीमा पनि प्रहरीले गोली चलाएर एकजना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका खुरहुरियाका विशाल यादव, भारतीय नागरिक अरुण कुमार र विनय पाण्डेयलाई लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुलसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार यादवको खुट्टामा गोली लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया