बिएल संवाददाता
नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले सपथ ग्रहण गरेका छन्।
आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानबाट कँडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आजै अधिवक्ता डा.नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए।
को हुन् नवनियुक्त महान्यायाधीवक्ता कँडेल?
बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेल नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको पदमा नियुक्त भएका हुन्।
बाग्लुङको बिहुँमा जन्मिएका कँडेलले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अल्स्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरे।
उनले सन् २०२३ मा उत्तरी आयरल्याण्डस्थित क्विन्स युनिभर्सिटीबाट ’नेपालमा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विद्यावारिधि गरेका हुन्।
पत्रकारितादेखि कानूनसम्म
कँडेलले आफ्नो पेशागत यात्रा भने पत्रकारिताबाट सुरु गरेका थिए। २०४९ सालदेखि पत्रकारिता सुरु गरेका उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिक जस्ता सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए।
२०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति रहेका उनले २०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिए। त्यससँगै उनको व्यावसायिक कानुनी यात्रा सुरु भयो।
उनले फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल, मानव अधिकार तथा शान्ति समाजजस्ता संस्थाहरूसँग आबद्ध भएर पनि काम गरेका थिए।
बेलायतबाट नेपाल फर्किएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कानुनी सल्लाहकारको रुपमा पनि सक्रिय थिए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया