बिएल संवाददाता
गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेको खुलेको छ।
गृहमन्त्रीनिकट स्रोतका अनुसार ३ दिनअघि टीमसहित राईलाई भेट्न पुगेका गृहमन्त्री गुरुङले भ्रष्टाचारका ठूला फाइलको अनुसन्धान र मुद्धा दर्तालाई तिव्रता दिन आग्रह गरेका छन्।
सरकारका तर्फबाट अख्तियारलाई चाहिने सम्पूर्ण सूचना र जनशक्ति दिन तयार रहेको भन्दै गृहमन्त्रीले अख्तियारलाई सरकारको तर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता जनाएका थिए।
अख्तियार प्रमुख राईले आफू निष्पक्ष अनुसन्धानसहित अगाडि बढिरहेको बताउँदै गृहमन्त्रत्रीलाई पूर्वप्रधानमन्त्री, पूर्व मुख्यसचिवहरू मुछिएका ठूला भ्रष्टाचारका काण्डको सफल अनुसन्धान र अभियोजन गरेको स्पष्ट पारे।
स्रोतका अनुसार सरकारको समर्थन पाएपछि हौसिएको अख्तियारले भ्रष्टाचार र अनियमितताका ठूला फाइलहरू खोल्ने तयारी गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया