बिएल संवाददाता
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका मन्त्री र सचिवलाई पुरानै शैलीबाट काम गर्ने प्रवृति अन्त्य गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगरमा आयोजित बजेट कार्यान्वयनको अवस्था, आयोजना छनोट मापदण्ड र कार्यविधि सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले बजेट कार्यान्वयनमा भइरहेको ढिलाई र कामको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त निर्देशन दिएका हुन्।
मुख्यमन्त्री कँडेलले हालसम्म बजेट खर्चको प्रगति कमजोर देखिएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालय तथा निकायहरूलाई तत्काल सुधार गर्न निर्देशन दिए। ‘बजेट किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भन्ने प्रश्नको जवाफ तपाईंहरूले खोज्नुपर्छ। समस्या देखाउने होइन, समाधान गर्ने जिम्मेवारी तपाईंहरूकै हो।’
उनले पुरानो कार्यशैलीका कारण विकास निर्माणका काम प्रभावित भएको भन्दै काम गर्ने तरिका परिवर्तन गर्न आग्रह गरे।
उनले निर्देशन दिँदै भने, ‘पुरानो शैलीलाई सुधार गर्नुहोस्, नयाँ ढंगले काम गर्न सिक्नुहोस्। जनताले परिणाम चाहेका छन्, त्यसअनुसार काम देखिनुपर्छ।’
कार्यालयमा फाइल रोकिने प्रवृत्तिप्रति कडा असन्तुष्टि व्यक्त गरे। कुनै पनि मन्त्रालयमा आएका फाइल अनावश्यक रूपमा रोकिन नहुने स्पष्ट पार्दै उनले काममा अवरोध गर्ने प्रवृत्ति तुरुन्त अन्त्य गर्नुहोस्।
‘फाइल किन रोकिन्छन्? यस्तो प्रवृति रोक्नुहोस्, काम अघि बढाउनुहोस्,’ उनले भने, ‘यदि कुनै समस्या छ भने मलाई जानकारी गराउनुहोस्, समाधानका लागि म स्वयं अघि बढ्छु।’
मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनमा देखिएका समस्याहरू समाधान गर्ने प्रमुख जिम्मेवारी आर्थिक मामिला मन्त्रालयको रहेको पनि बताए।
उनले सम्बन्धित मन्त्रालयलाई सक्रिय र उत्तरदायी बन्न आग्रह गर्दै कार्यान्वयनमा देखिएका अवरोधहरू हटाउन ठोस पहल गर्न निर्देशन दिए।
उनले भने, ‘सरकारलाई काम चाहिएको हो, तपाईंहरूले राम्रोसँग काम गर्न सक्नुहुन्छ भने गर्नुहोस्, नसक्ने अवस्था भए त्यसबारे पनि सोच्नुहोस्।’ विकास निर्माणका काममा ढिलाइ हुँदा जनताबाट गुनासो आउने भएकाले त्यस्तो अवस्था आउन नदिन सबै निकाय सचेत हुनुपर्ने मुख्यमन्त्री कडेलले जोड दिए।
जिल्ला स्तरमा रहेका कार्यालयहरूबाट काम सन्तोषजनक नभएको गुनासो आएको उल्लेख गर्दै उनले त्यस्ता निकायहरूलाई सुधार गर्न विशेष ध्यान दिनुपर्ने बताए। उनले स्थानीय तहसँग समन्वय गरी परिणाममुखी काम गर्न निर्देशन दिएका छन्।
त्यसैगरी, मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको नाममा प्रदेश बाहिर हुने बैठकहरूमा अनावश्यक रूपमा सहभागी नहुन पनि निर्देशन दिए।
‘जरुरी बाहेकका बैठकमा प्रदेश बाहिर नजानुहोस्। यदि जानै परे कर्णालीका मुद्दा के–के उठाउने भन्नेबारे पहिले छलफल गरेर मात्रै जानुहोस्।’
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बजेट कार्यान्वयनमा देखिएका चुनौती, आयोजना छनोटका मापदण्ड तथा कार्यविधि सुधारका विषयमा विस्तृत छलफल गरिएको थिए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया