बिएल संवाददाता
जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिल कार्यालयले म्याद माग गरेको छ। केहीबेरमा म्याद थपको निवेदनमाथि इजलासले निर्णय सुनाउने अदालतले जनाएको छ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनमा गैरकानुनी दमन गरेको अभियोगमा उनीहरूमाथि अनुसन्धान सुरु भएको छ।
जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए।
जेनजी आन्दोलनका घटनाबारे जाँचबुझका लागि बनेको गौरीबहादुर कार्की आयोगले उनीहरूमाथि कारबाही फौजदारी कसुरमा कारबाही अघि बढाउन सिफारिस गरेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया