बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको एउटा प्रमुख उद्देश्य त्यहाँको तेलमाथि अमेरिकी नियन्त्रण भएको बताएका छन्। त्यसका लागि खार्ग द्वीपमाथि अमेरिकी नियन्त्रणका लागि अन्तिम तयारी भइरहेको पनि उनले बताएका छन्। यो सामुद्रिक द्वीप भनेको इरानको सबैभन्दा धेरै तेल निर्यात हुने बाटो हो।
विश्वचर्चित फाइनान्सिएल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको पनि बताए। केही दिनअघि उनले इरानमाथि साता दिनजति आक्रमण रोकेको घोषणा गरेका थिए। यसबीचमा मध्यपूर्वमा युद्ध अन्त्यका लागि पाकिस्तानले मध्यस्थता थालेको छ। त्यसका लागि मध्यपूर्वका कतिपय देशका मन्त्रिहरू पाकिस्तानमा जम्मा भएका छन्। ट्रम्पले यसलाई पनि सकारात्मक प्रयास भनेका छन् र सम्भावित खतरा रोक्नका लागि मध्यपूर्वमा हजारौ अमेरिकी सेनाहरू तयारी अवस्थामा तैनाथ भएको पनि बताएका छन्।
‘इमान्दारिताका साथ भन्ने हो भने मलाई सबैभन्दा मनैदेखि लागेको कुरा इरानको तेलमाथि नियन्त्रण हो। तर अमेरिकामा केही मानिसहरू किन यसो गरेको होला भनिरहेका छन्। मलाई लाग्छ तिनीहरू बेवकुफ नै हुन्’ ट्रम्पले अन्तर्वार्तामा भनेका छन्।
त्यसका लागि खार्गद्वीमाथि नियन्त्रण जमाउने तयारी भइरहेको पनि उनले बताएका छन्।
‘त्यसका लागि हामीलाई खार्गद्वीप चाहिन्छ। त्यो नलिन पनि सकिन्छ। हामीसँग अरुसँग पनि विकल्पहरू छन्’ उनले भनेका छन् ‘यसको मतलव यो पनि हुनसक्छ कि हामीहरू वा भनौं हाम्रा सैनिकहरू केही समय त्यहाँ रहन पनि सक्छन्।’
खार्गद्वीप इरानको सबैभन्दा ठूलो तेल टर्मिनल स्थल हो। यसलाई इरानले आफ्नो अर्थव्यवस्थाको जीवनरेखा पनि मानिन्छ।
इरानी तटबाट लगभग २४ किलोमिटर टाढा रहेको खार्गद्वी एक चट्टानी द्वीप हो। इरानको इन्धन पूर्वाधारका लागि यो सबैभन्दा महत्वपूर्ण मानिन्छ। इरानको तेल ब्यापारको लगभग ९० प्रतिशत हिस्सा यही द्वीपमा छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया