बिएल संवाददाता
ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी ओलीको मुटुको चाल ह्वात्तै बढेपछि अस्पताल भर्ना गरिएको छ।
पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएपछि ओलीको मुटुको धड्कन बढेको हो। आकस्मिक कक्षमा आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण गरिएपछि चिकित्सकको सल्लाह अनुसार नै भर्ना गरिएको प्रहरीले जनाएको छ।
ओलीलाई अहिले ‘एनेक्स वान’को ५०१ बेडमा राखेर उपचार थालिएको छ। लामो समयदेखि मृगौला रोगबाट पीडित ओलीले दुईपटक मृगौला प्रत्यारोपण गराइसकेका छन्। बिहानैदेखि पेट दुखेको गुनासो गरेपछि एक्स-रे समेत गरिएको थियो।
एक्स-रे मा उनको पेटमा ढुंगा पनि देखिएको छ। उनलाई यतिबेला पेट रोग र मुटु रोग विशेषज्ञले हेरिरहेका छन्। उनको मृगौलासम्बन्धी जाँच पनि भइरहेको अस्पतालले जनाएको छ।
ओलीको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेपछि उनलाई डिस्चार्ज गर्ने वा थप उपचार सुरु गर्ने टुंगो लाग्ने चिकित्सकले जानकारी गराएका छन्।
ओलीसँगै पक्राउ परेका तत्कालिन गृहमन्त्री रमेश लेखकलाई भने महाराजगञ्जस्थित २ नम्बर गणमा राखिएको छ। ओलीलाई पनि त्यही राख्ने तयारी थियो।
शनिबार सार्वजनिक बिदा भएकोले आइतबार उनीहरूलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने प्रहरीको तयारी छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया