बिएल संवाददाता
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेको औपचारिक जानकारी दिँदै गृहमन्त्री सुदन गुरुङले आफ्नो वाचा पूरा गरेको बताएका छन्। सामाजिक सञ्जालमा उनिहरू पक्राउ परेको जानकारी दिँदै गुरुङले भनेका छन् ‘यो राजनीतिक प्रतिशोध होइन…’
‘कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’ गुरुङले भनेका छन् ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’
शुक्रबार रातिदेखि नै गुण्डुस्थित ओलीको निवास घेरेर बसेको प्रहरीले शनिबार बिहानपख उनलाई पक्राउपूर्जी दिएर नियन्त्रणमा लिएको हो। त्यस्तै लेखकलाई उनको निवास कटुन्जेबाट पक्राउ गरिएकव थियो।
शुक्रबार गठन भएको नयाँ सरकारले गैरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो र तत्कालै गृहमन्त्री सुदन गुरुङले ओली र लेखकलाई नियन्त्रणमा लिन आदेश दिएका थिए।
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर्याएको छ।
उक्त आन्दोलनका क्रममा ७६ जनाको निधन भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया