बिएल संवाददाता
गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ दुवै प्रहरी संगठनका प्रमुखलाई सिंहदरबार बोलाएका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रीको बोलाहटपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगिसकेका छन्।
उनीहरूसँगै नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुरवेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबार पुगेका स्रोतले बतायो।
मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि एमालेले विरोध प्रदर्शन गरेपछि आगामी सुरक्षा रणनीतिबारे छलफलका लागि गृहमन्त्रीले प्रहरी प्रमुखहरूलाई बोलाएका हुन्।
यसअघि पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुअघि गृहमन्त्रीले दुवै संगठनका प्रमुखहरूसँग सघन छलफल गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया