बिएल संवाददाता
ज्यानसम्बन्धी कसुरमा आफ्ना पार्टी अध्यक्ष केपी ओलीको पक्राउ परेपछि एमालेका कार्यकर्ताले देशभर विरोध प्रदर्शन गरेका छन्।
शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बनेको थियो। प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपको स्थिति समेत सिर्जना भएको थियो। त्यसैक्रममा सात जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका पवन भट्टराईले जानकारी दिए।
उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो। भट्टराईका अनुसार एक जना प्रदर्शनकारी सामान्य घाइते भएका छन्।
सुरक्षामा खटिएका प्रहरीहरूले संयमित भइ प्रदर्शन गर्न र सडक अवरोध हटाउन आग्रह गरिरहेका थिए। प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरोध गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया