बिएल संवाददाता
पार्टी अध्यक्ष पक्राउ परेपछि नेकपा एमालेले देशब्यापीरुपमा जनदबाव सिर्जना गर्ने भएको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निवास गुण्डुबाट शनिबार बिहान प्रहरीले गिरफ्तार गरेको थियो।
त्यसलगत्तै नेकपा एमालेले सचिवालय बैठक बोलाएको थियो। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहाइ गर्न माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रमहरू पनि तय गरेको छ।
बैठकले आम जनसमुदा, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा आइतबार १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने र लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद-सहकार्य गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया