बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी अझै पनि देशको तेस्रो शक्तिको रुपमा कायमै रहेकोले दुःख मान्नुपर्ने कुनै कारण नभएको बताएका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा सांसदहरूलाई सम्बोधन गर्दै उनले सरकारले जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको पनि टिप्पणी गरे।
‘जादुमयी चुनाव मञ्चन गरेर लगभग दुई तिहाइ ल्यायौं भनियो। यसअघि रास्वपाको २१ सिट थियो। अहिले पनि प्रतिनिधिसभामा हामी त्यो भन्दा बढि छौं। हामी अलिकति खस्किएर यहाँ आइपुग्यौं। कुनै चिज क्याइमेक्समा पुगेपछि घट्ने दिशामा लाग्छ। हामी कुनै गल्तीले, सुशासनविरुद्धको कामले, असक्षम भएर हामी यहाँ आइपुगेका होइनौं,’ ओलीले नवनिर्वाचित सांसदहरूलाई सान्त्वना दिए।
अनेक शक्तिहरूको नामोनिशान मेटिँदा एमाले अझै पति तेस्रो शक्तिमा रहेको भन्दै एमाले सकिएको भन्न नमिल्ने दाबी गरे।
उनले भने, ‘२१ सिट हुनेले दुई तिहाइ पुर्याउँछ भने हामीसँग अहिले पनि २५ सिट त छ नि। तर पनि नेकपा एमाले तेस्रो शक्तिको रुपमा एमाले रहेकै छ त। अनेक शक्तिहरूको नामोनिशान नरहँदा पनि हामी शक्तिको रुपमा छौं। हामी सकियौं भन्ने कुरा होइन।’
ओलीले थपे, ‘गहिरो र गभ्मीर शिक्षा लिने अवसर प्राप्त गरेका छौं। शिक्षा लिएर आफूलाई चुस्त दुरुस्त अगाडि बढाउनुपर्छ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया