बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालय टिम गठन गरेका छन्।
शुक्रबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबारमा पदबहाली गरेका शाहले मन्त्रिपरिषद् बैठकपछि सल्लाहकार र सचिवालयको टिम गठनको कसरत थालेका हुन्।
बालेनले बनाएको प्रारम्भिक टिममा हितैसी कुमार बेनलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेका छन्। राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्।
यसैगरी, प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवास शर्मा र प्रशासन प्रमुखमा सुदिप ढकाल नियुक्त भएका छन्।
सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन्।
काठमाडौं महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्रधानमन्त्री बालेन शाहको सरकारी टिमतर्फ निजी सचिवालयको जिम्मेवारी पाएका छन्।
बाँकी सल्लाहकार केही दिनमै नियुक्त गर्ने प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिमले बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया