बिएल संवाददाता
नेपाल राष्ट्रिय व्यवसायी महासंघले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित आफ्ना पूर्व पदाधिकारीहरूलाई एक विशेष कार्यक्रमका बीच बधाई तथा शुभकामना व्यक्त गरेको छ।
२०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट विजयी महासंघका संस्थापक महासचिव टेकबहादुर शाक्य (अन्जन) र काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्व उपमहासचिव बदन भण्डारीलाई महासंघले सम्मान गरेको हो।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष धिरेन्द्र रिजालको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठको सभापतित्वमा आयोजना गरिएको थियो।
सांसदहरूको प्रतिबद्धता: ‘निजी क्षेत्रको लगानी सुरक्षित गर्नेछौँ’ सम्मान ग्रहण गर्दै नवनिर्वाचित दुवै सांसदहरूले आफूहरू व्यवसायी पृष्ठभूमिकै भएकाले निजी क्षेत्रको पीडा र आवश्यकतालाई नजिकबाट बुझेको बताए।
उनीहरूले संसद्मा पुगेपछि व्यवसायमैत्री कानुन निर्माण गर्न, व्यवसायीहरूको लगानी सुरक्षित गर्ने वातावरण सिर्जना गर्न र करका दरहरूलाई व्यवसायी अनुकूल बनाउन विशेष पहल गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै सांसदद्वय शाक्य र भण्डारीले भने, ‘हामी हिजोका दिनमा पनि महासंघमार्फत नै उद्योगी-व्यवसायीको हकहितका लागि आवाज उठाउँदै आइरहेका थियौँ। हाम्रो तर्फबाट गर्ने साथ, सहयोग र समर्थन सदैव रहनेछ, सम्पूर्ण व्यवसायी साथीहरू यसमा निश्चिन्त हुनुहोस्।’
नीतिगत सुधारमा जोड महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठले आफ्नै संस्थाका नेतृत्वदायी व्यक्तिहरू मुलुकको नीति निर्माण गर्ने थलोमा पुग्दा सिङ्गो निजी क्षेत्र गौरवान्वित भएको बताए। कार्यक्रममा संस्थापक अध्यक्ष नरेश कटवाल र पुर्व अध्यक्ष कुमार कार्कीले सदहरूबाट आर्थिक एजेन्डाहरूलाई संसदमा प्राथमिकताका साथ उठाउन सांसदहरूलाई आग्रह गरे।
कार्यक्रममा महासंघका अन्य पदाधिकारी तथा सदस्यहरूको ठूलो उपस्थिति रहेको थियो, जसले नयाँ नेतृत्वबाट व्यवसायीका समस्या समाधानमा ठोस पहल हुने अपेक्षा राखेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया