महेश चौलागाईं
लामो समयदेखि बन्द रहेको नेपाल वायुसेवा निगमको ट्वीन अटर जहाजले आगामी बुधबारदेखि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरूमा पुनः नियमित उडान सुरु गर्ने भएको छ।
युवा समाजसेवी अनिल बानियाँको निरन्तर पहल र दबाबपछि यो सेवा पुनः सञ्चालनमा आउन लागेको हो।
दुर्गम क्षेत्रका नागरिकहरूले वर्षौंदेखि भोग्दै आएको यातायात अभाव, आकस्मिक स्वास्थ्य समस्या, र शैक्षिक बाधाहरूलाई समाधान गर्न यो उडान सेवा अत्यन्त महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। नयाँ तालिका अनुसार नेपालगञ्ज र सुर्खेतलाई केन्द्र बनाएर साताभरि विभिन्न हिमाली जिल्लाहरूमा नियमित उडान सञ्चालन गरिनेछ।
कर्णाली र सुदूरपश्चिमका नागरिकहरूको पीडा नयाँ होइन— बिरामी पर्दा जहाज नपाएर ज्यान गुमाएका घटना, परीक्षा छुटेर निराश बनेका विद्यार्थी, र दिनौँसम्म आकाशतिर हेरेर बस्न बाध्य नागरिकहरूको कथा यहाँको यथार्थ हो। सरकार परिवर्तन भयो, नीति फेरियो, तर जनताको समस्या ज्यूँका त्यूँ रहिरह्यो।
यसपटक भने निरन्तर संघर्ष र पहलले परिणाम दिएको छ। यो केवल उडान सेवा मात्र नभई दुर्गम क्षेत्रका जनताका लागि ‘जीवनको श्वास’ सावित हुने विश्वास गरिएको छ।
समाजसेवी अनिल बानियाँले कर्णाली र सुदूरपश्चिमका आवाजलाई बुलन्द गर्दै ल्याएको यो पहलले दुर्गमका जनतालाई राहत दिएको छ।
राजधानीसँगको हवाई पहुँच केवल यात्राका लागि मात्र नभई— जीवन जोगाउने माध्यम, विद्यार्थीको भविष्य बचाउने पुल र विकासको आधारका रूपमा लिइएको छ।
यस महत्वपूर्ण उपलब्धिमा सहयोग गर्ने नेपाल सरकारका पर्यटन सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण का महानिर्देशक तथा नेपाल वायुसेवा निगम का पदाधिकारीप्रति आभार व्यक्त गरिएको छ।
उडान तालिका:
आइतबार:
काठमाडौँ → रुकुम → नेपालगञ्ज
नेपालगञ्ज → ताल्चा → नेपालगञ्ज
नेपालगञ्ज → जुम्ला → नेपालगञ्ज
सोमबार:
नेपालगञ्ज → हुम्ला → सुर्खेत → हुम्ला → नेपालगञ्ज
नेपालगञ्ज → बाजुरा → नेपालगञ्ज
मंगलबार:
नेपालगञ्ज → डोल्पा → नेपालगञ्ज
नेपालगञ्ज → ताल्चा → नेपालगञ्ज
नेपालगञ्ज → जुम्ला → सुर्खेत → जुम्ला → नेपालगञ्ज
बुधबार:
नेपालगञ्ज → हुम्ला → नेपालगञ्ज
नेपालगञ्ज → बाजुरा → नेपालगञ्ज
नेपालगञ्ज → रुकुम → नेपालगञ्ज
नेपालगञ्ज → जुम्ला → नेपालगञ्ज
बिहीबार:
नेपालगञ्ज → ताल्चा → सुर्खेत → ताल्चा → नेपालगञ्ज
नेपालगञ्ज → बाजुरा → नेपालगञ्ज
शुक्रबार:
नेपालगञ्ज → ताल्चा → नेपालगञ्ज
नेपालगञ्ज → रुकुम → काठमाडौँ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया