शुक्रबार, २० मार्च २०२६

नचाहेर पनि कसरी युद्धमा फँसिरहेका छन् खाडीका देशहरू?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अमेरिका र इजरायलले इनमाथि आक्रमण गरेप५ मध्यपूर्वको हालत निकै छिटाछिटो बदलिइरहेको छ। र यो लडाईंको आगो अब खाडीका सबैजसो देशहरूमा फैलिइरहेको छ।

बुधबार इरानले आफनो ग्यास फिल्डमा आक्रमण भएपछि खाडी देश धेरै तेलका भण्डारहरूमा आक्रमण गरिसकेको छ। अझै उसले खाडीका ठूला तेल भण्डारहरूमा कडा आक्रमणको चेतावनी पनि दिइरहेको छ। विश्वको सबैभन्दा ठूलो मानिने एलएनजी उत्पादन फिल्डमा आक्रमण भएपछि अहिले पनि आकाश कालो धुँवाले ढाकिइरहेको छ। त्यसको जवाफमा इरानले कतारको सरकारी तेल कम्पनीमा आक्रमण गरेको छ। यद्यपि कतार इरनसँग सिधा लडाईंमा छैन। तर जब जब इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गर्छन् अनि इरानले त्यसको जवाफमा कतार, यूएइलगायतका कैयौ खाडी राष्ट्रहरूमा अन्धाधुन्ध आक्रमण गरिरहन्छ।

कुनै बेला फारसी खाडीमा अमेरिकी सैन्य गतिविधि बढिरहेका बेला मध्यपूर्वको युद्धको बादल मडारिइरहेको थियो। त्यो बेला खाडी देशका नेताहरू सम्भावित युद्ध रोक्नका लागि हरसम्भव कुटनीतिक प्रयासहरू गरिरहेका थिए। तर अब यी खाडीका देशहरू नचाहेर पनि युद्धको चपेटामा आइपुगेका छन्। यतिबेला इरान-अमेरिका र इजरायलबीचको यो लडाईंमा नचाहेरै कतार, साउदी अरब, यूएई,बहराइन,कुवेत,ओमानलगायतका खाडी राष्ट्रहरू चुनौतीपूर्ण अवस्थामा छन्। उनिहरू इरानसँग सिधा युद्धमा होमिन पनि सकेका छैनन् र अमेरिका अनि इजरायललाई अस्विकार गर्न पनि सकेका छैनन्।

र, यो युद्धको सिधा असर भने अहिले विश्व तेल बजारमा परिरहेको छ। इरानले विश्वबजारमा सबैभन्दा तेल निर्यात गर्ने बाटो हर्मुज स्ट्रीटमा अवरोध गरिरहेको छ। त्यहीमाथि तेलका ठूला भण्डारहरू ध्वस्त पारिरहेको छ। जसका कारण अहिले विश्वको तेलबजार निकै अस्तव्यस्त भइरहेको छ।

युद्ध सुरु भएयता इरानले अहिलेसम्म लगभग दुई हजारभन्दा धेरै मिसाइल र ड्रोनहरू खाडीका यी देशहरूमा प्रहार गरिसकेको छ। त्यसमा पनि सबैभन्दा धेरै आक्रमणको मार यूएईले खेपेको छ। खाडी राष्ट्रमा भएका अमेरिकी सैन्य बेस क्याम्पमा मिसाइल हान्ने बाहानामा इरानले यी देशका तेल भण्डारणहरू ध्वस्त पारिरहेको छ।

तीन साताअघि इजरायल र अमेरिकाले गरेको आक्रमणमा इरनका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनेईसहित उनका सबैजसो परिवारका सदस्यहरू मारिएका छन्। युद्धको पहिलो चरणमै यो क्षति ब्यहोरेको इरानले त्यसपछि उनको परिवारमा बचेका माइला छोरा मोजतवा खामेनेईलाई सर्वोच्च नेता बनायो। उनि पनि हाल घाइते भएको खबरहरू बाहिरिएका छन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!