बिएल संवाददाता
नेपाली कांग्रेसले सभापति गगन थापाको राजीनामा अस्वीकार गरेको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गगनको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका थिए। उनले सात कारणसहित सभापति थापाको राजीनामा स्वीकृत नहुने बताए।
प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पुर्याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उनको ठहर छ।
‘विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न,’ उनले भनेका छन, ‘त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ।’
उपसभापति शर्माले राजीनामाका विषयमा सात कारणसमेत खुलाएका छन्। उनले कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न नसके पनि पार्टीले अपनाएको मूल नीतिको विजय भएको बताए। उनले प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको बताए।
प्रतिवेदन पेस भएपछि थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार भएको जानकारी गराइयो। सहमहामन्त्री बहादुरसिंह लामाले सभापति थापाको राजीनामा अस्वीकृत भएको पत्रकारहरुलाई जानकारी दिएका छन्।
साथै बैठक आइतबार विहान ८ बजे बस्नेगरी सकिएको पनि केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी गराए।
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया