बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन्।
निर्वाचनमा आफूसहित सिङ्गो पार्टीको लज्जास्पद पराजयपछि उनलाई राजीनामा दिन दबाव आइरहेको थियो।
उनि आफू पनि सर्लाही ४ बाट निर्वाचन लडेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश सिंहले उनलाई भारी मतान्तरले पराजित गरे।
आफ्ना सल्लाहकारहरूसँगको लामो छलफलपछि थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा दिएका हुन्।
यही चैत ६ गते काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि आह्वान भएको छ। त्यसमा उनको राजीनामाबारे औपचारिकरुपमा जानकारी दिइनेछ।
यो निर्वाचनमा रास्वापा झन्डै दुई तिहाइ बहुमतनजिक पुग्दा नेपाली काँग्रेस भने प्रत्यक्ष र समानुपातिक गरी ३८ सिटमा मात्रै सिमित भएको छ। ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया