बिएल संवाददाता
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अदालतको न्याय सम्पादनमा कारणले सेवाग्राहीहरूमा नजानिँदो आक्रोश भएको हुनसक्ने बताएका छन्।
मंगलबार उच्च अदालत तुलसीपुरको अनुगमनका क्रममा प्रधानन्यायाधीश राउतले सकभर सेवाग्राहीलाई दुःख नहोस्, सहज होस र अदालतप्रति भरोसा गर्न योग्य बनाउन न्यायकर्मी सच्चिन जरूरी रहेको बताए।
समयअनुरूप बदलिने प्रण गरेमा र निष्पक्ष न्याय सम्पादन गर्ने अठोट गरेमा अदालत कहिलै आगजनी नहुने उनले बताए।
प्रधान न्यायाधीशको भनाइ–
कुन–कुन अभिप्रायले कसरी अदालत जले त्यसको समीक्षा हामी गर्दै गरौंला। समीक्षा केही हदसम्म हामीले गरेका पनि छौं। तर म अहिले पनि भन्छु– देशको बदलिदो परिवेशमा न्यायाधीशहरू, कर्मचारी साथीहरू, विशेष गरेर कानुन व्यवसायी साथीहरू, हिजोको जस्तो तरिकाले आफ्नो सेवा प्रवाहमा सरिक भयौं भने र हामीले आफूलाई बदल्न सकिएन भने कतै हाम्रो कारणले सेवाग्राहीहरूमा त्यो नजानिँदो आक्रोश त थिएन? सायद त्यता पनि विचार गर्ने कि? हिजोको जस्तो तरिकाले न्याय सम्पादन गर्दाखेरि कतै मान्छेलाई चित्त नबुझेको त होइन? अलिकति विचार गर्नुपर्यो त्यसमा।
हामी बदलिनु पर्छ। हामीले बदलिने अठोट र प्रण गर्नु पर्छ। यदि हामीले बदलिने अठोट र प्रण गर्यौं भने फेरि यस्तो जलेपनि हाम्रो न्याय सम्पादन गर्ने हाम्रो अठोट र इरादा कहिल्यै जल्न सक्दैन। कहिलै खरानी हुन सक्दैन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया