बिएल संवाददाता
खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको छ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन्। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
यता जिल्ला प्रहरी कार्यालयले भने काठमाडौंबाट आमाको कामका लागि परिवारका ५ जना सदस्य हेलिकप्टरमा आएको र अवतरणका क्रममा मंगलबार दिउँसो १२ बजेर २ मिनेट जाँदा एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर हावाको बेगले अनियन्त्रित भइ पल्टिएको बताएको छ।
हेलिकप्टरमा पाइलट सविन थापा र पाँच जना यात्रु चढेको हेलिकप्टर अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किएको हो।
दुर्घटनामा सोही ठाउँका ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्। उनलाई एयर डाइनेष्टीकै अर्को हेलिकप्टर मगाएर उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
पाइलट थापासहित अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया