बिएल संवाददाता
इरानसँग छेडिएको युद्ध अब अमेरिकाका लागि आफैलाई गलपासो बन्न थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो यो युद्ध अब अझै लम्बिनसक्छ। किनकि इरान त्यसका लागि तयार भएको छैन। यसअघि ट्रम्पले युद्ध अन्त्यका लागि अमेरिका तयार भएको बताएका थिए। तर इरानले अब युद्ध अन्त्यको निर्णय इरानले गर्ने भन्दै चेतावनी दिइसकेको छ।
इराजरायल र अमेरिकाले संयुक्तरुपमा इरानमाथि आक्रमण गरेका थिए। उक्त आक्रमणको पहिलो प्रयासमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनेईसहित उनका धेरै सन्तान र आफन्तहरू मारिएका थिए। त्यसपछि उनका माइला छोरा मोजतवा खामेनेई त्यहाँका सर्वोच्च नेता चुनिएका छन्। यसबीचमा इरानले लगातार खाडी देशहरू र इजरायलमा समेत आक्रमण गरिरहेको छ।
यो युद्धका लागि सबैभन्दा ठूलो मुद्दा अहिले हर्मुज स्ट्रिट बनेको छ। त्यहाँ इरानले तेल निर्यात गर्ने ट्याङ्कहरूलाई निरन्तर अवरोध गर्न थालेपछि अहिले विश्व तेलबजार अस्तव्यस्त हुन थालेको छ। ट्रम्पले उक्त बाटोमा अवरोध नगर्न इरानलाई भनिरहेका छन् भने इरानले इजरायल र अमेरिकी जहाजहरूबाहेक अरुलाई नरोकिएको बताएको छ।
यसबीचमा इरानका शर्तहरू चित्तबुझ्दो नभएको भन्दै ट्रम्पले सम्झौताका सम्भावनाहरू तत्कालका लागि नरहेको बताएका छन्। उनले इरानले चुनेका सर्वोच्च नेतालाई पनि स्विकार गरेका छैनन्।
‘मलाई थाहा छैन उनि अहिले पनि जिउँदो छ वा मारिइसकेका छन्। अहिलेसम्म उनि कतै देखिएका छैनन्। संसारले उनलाई देखेकै छैन’ ट्रम्पले भनेका छन् ‘मैले सुनेअनुसार उनि जिवित छैनन्। तर यदि जिवितै रहेको भए उनले देशका लागि धेरै समझदारीपूर्ण निर्णय गर्नेछन्। र तत्काल आफूलाई आत्मसमर्पण गर्नेछन्।’
युद्धकै दौरान इरानले हर्मुज स्ट्रीटमा अवरोध गरेपछि ट्रम्पका लागि यो सबैभन्दा ठूलो चुनौती बनेको छ। अस्तव्यस्त भइरहेको विश्व तेल बजारलाई ट्र्याकमा ल्याउनका लागि तत्कालका लागि यो सामुद्रिक बाटोको विकल्प छैन। यसबीचमा ट्रम्पले समुद्री मार्ग खुला राख्नका लागि विभिन्न देशहरूले आफ्ना युद्धपोत पठाउन आह्वानसमेत गरेका छन्। उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायत जस्ता देशहरूले पनि जहाज पठाएर व्यापार र ऊर्जा आपूर्ति निरन्तरताका लागि सहयोग गर्न भनेका छन्। तर यी देशले त्यसमा कुनै प्रतिक्रिया दिएका छैनन्।
इरानले हर्मुज स्ट्रीटलाई अझ कडा गरि अवरोध सिर्जना गर्ने उद्घोष गरेपछि अहिले विश्वबजारमा इन्धनको मूल्य आकाशिएको छ भने अभाव पनि उत्तिकै चुलिएको छ।
हालैमात्र इरानले चयन गरेका नयाँ सर्वोच्च नेता मोजतवा खामेनेईले स्ट्रेट अफ हर्मुजबाट तेल आयात निर्यात बन्द गर्ने इरानको प्रतिवद्धता तत्कालका लागि नहट्ने घोषणा गरेका थिए। योसँगै अस्तव्यस्त भइरहेको विश्व तेल बजारमा अझ हाहाकार मच्चिइरहेको छ।
उनको यस्तो बक्तव्य इरानको सरकारी टेलिभिजनले पढेर सुनाएको थियो।
विश्व बजारका तेल आपूर्ति एजेन्सीहरूले इरानको अवरोधका कारण तेलकाव मूल्य तथा उपलब्धतामा अवरोध आएको भन्दै उक्त बाटो खुला गर्न भनिरहेका छन्।
स्ट्रेट अफ हर्मुज (जलडमरुमध्य) विश्वबजारमा तेल आपूर्ति गर्ने एउटा मुख्य सामुद्रिक मार्ग हो। विश्वबजारमा खपत हुने लगभग २० प्रतिशतभन्दा धेरै कच्चातेल यही सामुद्रिक मार्गबाट निर्यात हुन्। यो निकै संवेदनशील र खतरापूर्ण मार्ग पनि मानिन्छ। जो इरानको नियन्त्रणमा छ।
यो एउटा त्यस्तो साँघुरो सामुद्रिक मार्ग हो जसलाई इरानले चाह्यो भने सजिलै बन्द गरिदिन पनि सक्छ। अर्थात् तेल ट्याङ्कर बोकेका ठूला जहाजहरूमाथि उसले सजिलै आक्रमण पनि गर्नसक्छ। अहिले पनि अमेरिकी ट्याङ्कहरूमा उसले आक्रमण गरिरहेको छ।
उत्तरतिर इरान र दक्षिणमा ओमान तथा युएईसँग जोडिएको यो सामुद्रिक मार्ग लगभग ५० किलोमिटर छ। तर लगभग ३३ किलोमिटर साँघुरो सामुद्रिक खोंच भने इरानकै भागमा पर्छ। त्यही बाटो खाडीको अरव सागरसँग जोडिन्छ। साँघुरो भए पनि एकदमै गहिरो यो सागरको बाटोमा सबैभन्दा ठूला र धेरै तेल ढुवानी गर्ने पानी जहाजहरू सजिलै तैरिनसक्छन्। त्यसैले विश्वबजारमा तेल पुर्याउनका लागि यो बाटो निकै महत्वपूर्ण मानिन्छ। मध्यपूर्वका धेरैजसो ग्याँस तथा तेल उत्पादक देश तथा कम्पनीहरूले यही बाटोबाट कच्चा इन्धन ढुवानी गर्दै आएका छन्।
यो मार्गमा इरानले लगातार अवरोध गर्न थालेपछि अहिले एशियाली लगायत विश्वका थुप्रै देशमा इन्धन बजारमा हलचल मच्चिएको छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया